जनकपुरधाममा प्राविधिक विद्यालय भवनको शिलान्यास गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादव र मधेस प्रदेशका प्रदेशसभा सदस्य रामअशिष यादवले संयुक्त रुपमा जनकपुरधाम–१७ कनकपट्टिस्थित सरस्वती माध्यमिक विद्यालयको जग्गामा प्राविधिक विद्यालय भवनको शिलान्यास गरेका हुन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयको सरस्वती बजारस्थित जग्गामा ३६ लाख रुपैयाँको लागतमा प्राविधिक विद्यालय भवनको निर्माण हुनलागेको विद्यालयका प्रधानाध्यापक सुनिल मल्लिकले जानकारी दिए ।
विद्यालय भवनको शिलान्यास गर्दै राज्यमन्त्री यादवले समृद्धिको मुख्य आधार स्तम्भ शिक्षा रहेको बताइन् । उनले शैक्षिक सुधार अभियान अन्तर्गत विद्यालय भवनको निर्माण थालिनु सुखद पक्ष रहेकोसमेत बताइन् ।
प्रधानाध्यापक मल्लिकको अध्यक्षतामा आयोजित कार्यक्रममा सिटिइभीटिका निर्देशक बसन्त यादव, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१७ का वडाध्यक्ष रामवृक्ष यादव, कृषि विज्ञ बिष्णु देव यादव, जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साह, शिक्षक अरविन्द यादव सहितका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।