कैलालीको मोहन्याल गाउँपालिका–१ मा एक बालिकाको शव फेला परेको छ ।
शुक्रबार गाउँपालिका-१ चायाभावर बस्ने सन्तोष गोल्नी मगरको ७ वर्षीया छोरी तिल्सरी गोल्नी मगरको शव खोलामा मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
प्रहरीका अनुसार बिहीवार करिव दिउँसो ३ बजेको समयमा घरबाट सौतेनी आमा मुना गोल्मी मगरसँग निस्के कि तिल्सरीको शुक्रबार बिहान बरपानी खोलामा शव फेला भेटिएको हो ।
उनका बुवा शिक्षक लाइसेन्सको परीक्षाको लागि धनगढी बस्दै आएका छन् । आमा पन्चकला जोल्नी मगर पनि रोजगारको लागि भारतको सिम्ला गएको प्रहरी नायव उपरीक्षक जोशीले बताए । उनी हाल सौतेनी आमाको साथमा बस्दै आएकी थिइन् ।
अहिले प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको र घटनाबारे थप विवरणमा आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।