\


मेलामा नक्कली नोट दिएर सामान किन्ने रौतहटबाट चार जना पक्राउ
फरकधार / २० साउन, २०७९
यो सामग्री सेयर गर्नुहोस्
फाइल तस्वीर

रौतहटमा नक्कली नेपाली नोटसहित प्रहरीले चार जना युवक पक्राउ गरेको छ । मेलाको भिडमा नक्कली नोट दिएर सामान खरिद गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बौधीमाई नगरपालिका ४ ईनरवारिका २० वर्षीय संतोष पटेल,  २९ वर्षीय देवनारायण दास, २२ वर्षीय फुल महमद र २४ वर्षीय नौषाद आलम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

दुई दिनअघि नागपञ्चमीको अवसरमा बौधीमाई नगरपालिका-३ जिउताही टोलमा लागेको मेलामा नक्कली नोट दिएर  सामान खरिद गर्दा पसलेले इलाका प्रहरी कार्यालय कोपवा पिपरियामा निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा प्रहरीले सन्तोष पटेललाई पक्राउ गरी चेकजाँच गर्दा  एक हजारको १ थान नक्कली नोट फेला परेको तथा पसलेबाट एक हजारको १९ थान गरी कुल २० हजार नक्कली नोट फेला परेको थियो ।





  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १९:४९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया