क्यानडा पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गर्ने महिला पक्राउ
फरकधार / २० साउन, २०७९

क्यानडा पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।



पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं महानगरमा–६ मा बस्ने ४७ वर्षीय छिरिङ डोमा शेर्पा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

शेर्पाले रत्न बहादुर तामाङलाई वर्किङ भिसामा क्यानडा जान १४ लाख लाग्ने र क्यानडा पुगेपछि २ लाख बढी तलब दिने प्रतिष्ठित कम्पनीमा काममा लगाइने भन्दै ७ लाख लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।



उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शेर्पालाई शुक्रबार गोकर्णेश्वर नगरपालिकाको अत्तरखेलबाट पक्राउ गरी थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभागमा पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।



  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १९:५२:५१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया