थाइल्याण्डको रात्रि क्लबमा आगलागी हुँदा १४ को मृत्यु, दर्जन घाइते

थाइल्याण्डको चोनबुरी प्रान्तमा रहेको एउटा रात्रि क्लबमा भएको आगलागीमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार शुक्रबार राति १ बजे घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

आगलागीमा परी अरु १२ भन्दा बढी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

घाइतेमध्ये नौ पुरुष र चार महिला रहेका छन् । उनीहरु सबै थाइल्याण्डकै नागरिक रहेको जनाइएको छ ।

घटना भएको थाहा पाउना साथ स्थानीय, प्रहरी र अन्य उद्धारकर्ताहरू घटनास्थलमा पुगेर उद्धार कार्य गरेका थिए ।

घटनास्थलबाट उद्धारकर्ताहरूले १८ जनालाई उद्धार गरेका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 



घटनाका बारेमा थप अनुसन्धान सुरु गरिसकिएको र दोषीलाई कारबाही गरिने प्रहरी अधिकारीहरुले जनाएका छन् ।



  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १९:५६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया