जयपृथ्वी नगरपालिकाले प्रदान गर्ने एमबिबिएस छात्रवृत्ति महरलाई दिइने
फरकधार / २० साउन, २०७९
फाइल तस्वीर

जयपृथ्वी नगरपालिकाले प्रदान गर्ने एमबिबिएस छात्रवृत्तिमा वडा ७ छयालाका जनेन्द्र महरलाई दिने निर्णय गरिएको छ ।



स्थानीय तहको निर्वाचनको बेला आफ्नो चुनावी नारा बनाएका नगर प्रमुख चेतराज बजालले नगरपालिकाबाट एमबिबिएस पढ्न चाहने नगरपालिकाभित्रका १ जनालाई प्रत्येक वर्ष छात्रवृत्ति दिने घोषणा गरेका थिए ।

सो निर्णयपछि नगरपालिकाले एक हप्ताको आवेदन खुल्ला गरेको थियो । जसमा परिवारको आर्थिक अवस्था नाजुक भएका जनेन्द्र महरलाई यस वर्ष एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति दिन लागिएको हो ।



शुक्रबार बसेको छनोट समितिको बैठकले महरलाई छनोट गरेको नगरप्रमुख बजालले बताए । जनेन्द्र महरका बुबा खन्टे महर दिल्लीमा चौकीदारको काम गर्ने गर्दछन् । विपन्न वर्गका विद्यार्थीलाई डाक्टर बनाएर स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन नगरपालिकाले लगानी गर्ने उनले बताए ।



छात्रवृत्ति पाउनेहरूका लागि कक्षा ६ देखि कक्षा १० सम्म नगरपालिका सरकारी माध्यमिक विद्यालयमा पढेको हुनुपर्ने, १२ कक्षामा आइएसी विषय लिई नेपाल भरको जुनसकै विद्यालयबाट भए पनि पास गरेको हुनुपर्ने र जयपृथ्वी नगरपालिकाभित्रको स्थायी नागरिक हुनुपर्ने मापदण्ड तोकिएको थियो ।

  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार २०:३६:६,   अन्तिम अपडेट : साउन २०, २०७९ शुक्रबार २०:४१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया