यी हुन् २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले बाजी मारेका निर्वाचन क्षेत्रहरू
फाइल तस्वीर

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मंसिर ४ गते हुने भएको छ । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम र कार्ययोजनाबारेमा तयारी थालेको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले एकै चरणमा आगामी मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशको निर्वाचन गर्ने मिति तोकेको छ । सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णयसमेत गरी सकेका छन् ।

शुक्रबार बालुवाटारमा बसेको पाँचदलीय गठबन्धन बैठकले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेका हुन् । यसअघि स्थानीय तहको निर्वाचनमा पनि पाँचदलीय गठबन्धनले तालमेल गरेर चुनावमा होमिएको थियो ।

तालमेल गरेर जाँदा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको आन्तरिक शक्ति सन्तुलनमा समस्या देखिन्छ । कांग्रेसभित्र संस्थापन पक्ष र नेता शेखर कोइरलापक्षीय नेताबीच मत विभक्त छ । संस्थापन पक्ष तालमेल गरेर जाने पक्ष देखिँदा शेखर कोइराला पक्ष त्यसको विपक्षमा देखिन्छन् ।

कांग्रेसले २०७४ को संघीय निर्वाचनमा प्रत्यक्षतर्फ २३ सिट जितेको थियो । समानुपातिकतर्फको मतसमेत जोड्दा कांग्रेस दोस्रो दल बनेको थियो । २०७४ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्रले वाम गठबन्धन गरेर चुनाव लडेका थिए । नेपाली कांग्रेस भने एक्लै चुनावी मैदानमा गएको थियो । प्रत्यक्ष र समानुपातिक गरेर कांग्रेसले प्रतिनिधिसभामा ६३ सिट हात पारेको थियो । अहिले कांग्रेसले एक्लै बहुमत ल्याउने गरेर सिट बाँडफाँट गर्नुपर्ने पक्षमा देखिएको छ । कांग्रेसले गठबन्धनमा भागण्ड गर्दा कम्ति पनि ९० सिट आफ्नो पक्षमा राख्ने रणनीतिमा रहेको छ । तर, २०७४ को निर्वाचनमा वाम गठबन्धनलाई पराजित गरेर निम्न निर्वाचन क्षेत्रमा कांग्रेस विजयी भएको थियोः



१) काठमाडौं–१, प्रकाशमान सिंह

२) काठमाडौं–४ गगनकुमार थापा



३) काठमाडौं–६, भिमसेनदास प्रधान

४) काठमाडौं–१०, राजेन्द्रकुमार केसी

५) रसुवा–१, मोहन आचार्य

६) नवलपरासी (पूर्व)–१, शशांक कोइराला

७) उदयपुर–१, डा. नारायण खड्का

८) मोरङ–२, मीनेन्द्रप्रसाद रिजाल

९) सुनसरी–२, सीताराम मेहता

१०) सुनसरी–३, विजयकुमार गच्छदार

११) सुनसरी–४, ज्ञानेन्द्रबहादुर कार्की

१२) कपिलवस्तु–३, अभिषेकप्रताप शाह

१३) बर्दिया–१, संजयकुमार गौतम

१४) रुपन्देही–४, प्रमोदकुमार यादव

१५) रुपन्देही–५, भरतकुमार शाह

१६) डडेल्धुरा–१, शेरबहादुर देउवा

१७) सप्तरी–४, तेजुलाल चौधरी

१८) सिरहा–१, प्रदिप गिरी

१९) बारा–१, उमाकान्त चौधरी

२०) रौतहट–२, मोहम्मद आफताब आलम

२१) रौतहट–४, देवप्रसाद तिमलसेना

२२) सर्लाही–४, अमरेशकुमार सिह

२३) नवलपरासी (पश्चिम)–२, देवेन्द्रराज कँडेल

  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार २१:४३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया