बंगलादेश विरुद्धको पहिलो एक दिवसीयमा जिम्बाब्वे विजयी

घरेलु टोली जिम्बाब्वे बंगलादेश विरुद्धको एक दिवसीय सिरिज अन्तर्गतको पहिलो खेलमा विजयी भएको छ । उ गए राति भएको खेलमा पाँच  विकेटले विजयी भएको हो । 

 ३०४ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले ४८.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि इनोसेन्ट काई र सिकन्दर राजाले शतकीय पारी खेले । १०९ बलमा आठ चौका र ६ छक्का प्रहार गरेका राजाले अविजित १३५ रन बनाए ।

काईले १२२ बलमा ११ चौका र  दुई  छक्कासहित ११० रन जोडे । लुक जोन्ग्वेले २४ र विस्ली मधेभरेले १९ रन बनाए । काई र राजाले चाैथाे विकेटका लागि दु १९२ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए ।

 बंगलादेशका मुस्ताफिजुर रहमान, सरिफुल इस्लाम,मोसाद्देख हुसेन र मेहदी हसनले एक/एक विकेट लिए । त्यसअघि हरारे स्पाेर्ट्स क्लबमा  टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे बंगलादेशले निर्धारित ५० ओभरमा दुई  विकेट गुमाउँदै ३०३ बनाएको थियो । 

उसका लागि लिटाेन दास, अनमुल हक, कप्तान तामिम इक्बाल र मुस्फिकुर रहिमले अर्धशतकीय पारी खेले । ८१ रनमा रिटायर्ड हर्ट भएका दासले ८९ बलमा नाै चौका र एक छक्का प्रहार गरे । हकले ६२ बलमा ६ चौका र तीन छक्कासहित ७३ रन बनाए ।

६२ रन जाेडेका इक्बालले ८८ बलमा ९ चौका प्रहार गर्दा रहिम ५९ बलमा पाँच चौकासहित ५२ रनमा अविजित रहे। महमुदुल्लाह अविजित २० रन जोडे ।



पहिलो विकेटका लागि दास र इक्बालले ११९, रिटायर्ड हर्ट हुनुअघि  दास र हकले ५२, दोस्रो विकेटका लागि हक र रहिमले ९६ र तेस्रो विकेटका लागि रहिम र महमुदुल्लाहले अविजित ३६ रनकाे साझेदारी गरे ।

जिम्बाब्वेका लागि भिक्टोर न्युउछी तथा सिकन्दर राजाले एक/एक विकेट लिए । याे जितसँगै जिम्बाब्वेले ३ खेलको  सिरिजमा १-० को अग्रता लिएको छ। दोस्रो खेल भोलि हुनेछ ।



  • प्रकाशित मिति : साउन २१, २०७९ शनिबार ७:४४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया