प्रिमियर लिग: आर्सनलको विजयी सुरुवात
फरकधार / २१ साउन, २०७९

आर्सनलले इंग्लिस प्रिमियर लिगकाे नयाँ सिजन २०२२/२३ मा विजयी सुरुवात गरेको छ । उसले गएराति भएकाे लण्डन डर्बीमा घरेलु टाेली क्रिस्टल प्यालेसलाई २-० ले हराउँदै विजयी सुरूवात गरेकाे हाे ।



सेलहर्स्ट पार्कमा आर्सनललाई जित दिलाउन गाब्रियल मार्टिनेलीले एक गाेल गर्दा एक गाेल आत्मधाती उपहार स्वरूप प्राप्त भयाे । खेलकाे २० औं मिनेटमा मार्टिनेलीले गाेल गर्दै आर्सनललाई अग्रता  दिलाएका थिए । उनले ओलेक्सजेन्डर जिन्चेन्काेकाे पासलाई सदुपयाेग गरे ।

८५ औं मिनेटमा मार्क गुएहीले आत्मघाती गाेल पछि आर्सनलले २-० काे सहज जित निकाल्याे । उनले बुकायाे साकाकाे क्रसलाई राेक्न खेज्दा आफ्नै पाेस्टमा गाेल गर्न पुगेका थिए ।



जितसँगै आर्सनलले तीन अंक जाेड्दा क्रिस्टलले हारबाट लिगकाे सुरूवात गरेकाे छ । 



  • प्रकाशित मिति : साउन २१, २०७९ शनिबार ८:८:४३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया