बुन्डेस लिगमा साविक विजेता बायर्नको शानदार सुरुवात

साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगाकाे नयाँ सिजन २०२२/ २३  मा शानदार सुरुवात गरेकाे छ । उसले गएरातिकाे खेलमा घरेलु टाेली फ्रान्कफुर्टलाई ६-१ ले हराउँदै शानदार सुरूवात गरेकाे हाे ।

डोइटसा बैंक पार्कमा बायर्नलाई जित दिलाउन जमल मुसिएलाले दुई तथा जाेसुवा किमिच, बेन्जामिन पाभार्ड, सादियो माने र सर्ज जिनाब्रीले समान एक गोल गरे । घरेलु टोलीका रान्डल कोलो मुआनीले एक गोल फर्काए । 

खेलको पाँचौ मिनेटमा किमिचले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ११औं मिनेटमा पाभार्डले टाेलीकाे अग्रता दोब्बर पारे । २९औं मिनेटमा  मानेले गर्दै बायर्नलाई ३–० ले अघि बढाए । यसै सिजन इंग्लिस क्लब लिभरपुलबाट बायर्न आएका मानेले बुन्डेसलिगाको डेब्यु खेलमै गोल गर्न सफल भए । 

३५औं मिनेटमा मुसिएला  तथा ४३औं  जिनाब्रीले गोल गरेपछि पाहुना टाेली पहिलो हाफमा ५–० को आरामदायी अग्रता लिन सफल भयो ।६४औं मिनेटमा  कोलोले गोल गर्दै खेललाई ५–१ को स्थितिमा ल्याए । ८३ औं मिनेटमा मुसिएलाले व्यक्तिगत दोस्रो गाेल गरेपछि बयर्नले ६-१ काे शानदार जित निकाल्याे ।

याे जितसँगै बार्यनले तीन अंक जाेड्दा फ्रान्कफुर्टले हारबाट लिगकाे सुरूवात गरेकाे छ ।   





  • प्रकाशित मिति : साउन २१, २०७९ शनिबार ८:१८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया