घरेलु टोली नेदरल्याण्ड्स विरुद्धको टी-२० सिरिज अन्तर्गत दोस्रो तथा अन्तिम खेलमा न्युजिल्याण्ड विजयी भएको छ । उ गएरातिकाे खेलमा आठ विकेटले विजयी भएको हो ।
यो जितसँगै पाहुना टोलीले दुई खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो । पहिलो खेलमा उ १६ रनले विजयी भएको थियो । १४८ रनकाे लक्ष्य न्युजिल्याण्डले १४ ओभरमा मात्र दुई विकेट गुमाउँदै पूरा गर्याे ।
उसका लागि कप्तान मिचेल सान्टनर र डेरिल मिचेलले अर्धशतकीय पारी खेले । ७७ रनमा अविजित रहेका सान्टनरले ४२ बलमा नाै चाैका र चार छक्का प्रहार गरे । मिचेल २७ बलमा चार चाैका र दुई छक्कासहित ५१ रनमा अविजित रहे । फिन एलनले १३ रन जाेडे ।
नेदरल्याण्ड्सका लागि टिम प्रिन्गल र बास डी लिडेले एक/ एक विकेट हात पारे । त्यसअघि द हेगस्थित स्पाेर्ट्सपार्क वेस्टभ्लाइटमा टस जितेर ब्याटिङ राेजेकाे नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १४७ रन बनाएको तियो ।
घरेलु टोलीका लागि बास डी लिडेले अविजित ५३ रनकाे अर्धशतकिय पारी खेले । उनले ४८ बलमा तीन चाैका र दुई छक्का प्रहार गरे । कप्तान स्कट एडवर्ड्सले अविजित २६, टाेम कुपरले २६ र स्टेफन माइबर्गले २४ रन जाेडे ।
न्युजिल्याण्डका लागि माइकल ब्रेसवेलले दुई तथा ब्लेयर टिकनर र ईश साेधीले एक/ एक विकेट लिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।