मुख्यमन्त्री शाहीको गुनासो - मैले भनेको कर्मचारीले नमान्दा रकम भुक्तानी भएन
फाइल तस्बिर

आफूले भनेअनुसार कर्मचारीले काम नगर्दा कर्णाली प्रदेशमा काम गरेको रकमसमेत जनताले पाउन नसकेको मुख्यमन्त्री जीवनबहादुर शाहीले आरोप लगाएका छन् । असार २५ गते भित्र सिस्टम बन्द हुन्छ भनी पटक पटक भन्दा पनि कर्मचारीले नमान्दा जनताले करोडौँ रकम नपाएको गुनासो उनले गरेका हुन् । 

मुख्यमन्त्री तथा मुख्यमन्त्री कार्यालयले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा भारी मात्रा काम गरेको रकम दिन बाँकी छ भनेर प्रतिवेदन सार्वजनिक भएपछि मुख्यमन्त्री शाहीको यस्तो भनाइ आएको हो । 

आफ्नो हिसाब नमिलेपछि जनताको भुक्तानी दिन आनाकानी गरेको उनले बताए । कर्णाली प्रदेश सरकारको मातहतमा रहेका विकासे कार्यालयको भुक्तानी दिन करोडौँ रकम बाँकी रहेको समीक्षामा सुनाएको छ ।  





  • प्रकाशित मिति : साउन २१, २०७९ शनिबार ९:१५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया