इटालियन क्लब रोमाले मिडफिल्डर जर्जिन्हो विज्नाल्डमलाई अनुबन्ध गरेको छ । रोमाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट डच कप्तान विज्नाल्डमलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।
रोमाका प्रशिक्षक जोसे मोरिन्होले यस समरमा पाँचौं खेलाडीको रुपमा उनलाई अनुबन्ध गरेका हुन् । ३१ वर्षीय विज्नाल्डम गत सिजन लिभरपुलबाट पिएसजी भित्रिएका थिए । फ्रेन्च क्लबका लागि गत सिजन ३७ खेल खेलेका उनले लिग वान उपाधि जितेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।