जनकपुरधाममा नेपाल–भारतका सुरक्षाकर्मीको बैठक, यी विषयमा भयो छलफल

नेपाल र भारतका सुरक्षाकर्मीको त्रैमासिक संयुक्त बैठक शनिबार जनकपुरधाममा सम्पन्न भएको छ । 
नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्था थप सुदृढ बनाउने निर्णयसहित जनकपुरधाममा नेपाल र भारतका सुरक्षा अधिकारीको संयुक्त बैठक सम्पन्न भएको हो ।

नेपाल–भारत सीमाक्षेत्रको सुरक्षासम्बन्धी सम्पन्न भएको बैठकबाट सीमाक्षेत्रबाट हराएको सीमास्तम्भ खोजी गर्ने, पुरानो तथा जीर्ण सीमास्तम्भ मर्मतसम्भारका लागि संयूक्त टोलीमार्फत सम्बन्धित निकायलाई जानकारी गराउनेलगायतका विषयमा छलफल गरिएको छ । 

त्यस्तै, सीमाक्षेत्रमा हुने गरेका अपराधलाई पूर्णरुपले नियन्त्रण गर्ने, लागुऔषध ओसारपसारको निगरानी तथा नियन्त्रण गर्ने र चेलीबेटी बेचबिखन नियन्त्रण तथा ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको सम्बन्धमा छलफल भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।

लामो समयदेखि नेपाली सीमा अतिक्रमण भएको तथा पुल निर्माणमा भारतीय सुरक्षाकर्मीको तर्फबाट पुल निर्माणमा अवरोध भइरहेको गुनासो आउन थालेपछि मधेस प्रदेशसँग जोडिएका नेपाल–भारत सीमाक्षेत्र तर्फ सीमास्तम्भ खोजी तथा जीर्ण रहेकोलाई मर्मत सम्भारसमेत गरिने उनले बताए । 

भारतीय पक्षले नेपाली सुरक्षा अधिकारीबाट हुँदै आएको सहयोगको उच्च प्रशंसा गरेका थिए । छलफलमा मधेस प्रदेशका चारवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख तथा भारतको तर्फबाट मधुवनी जिल्लालगायतका जिल्ला प्रमुख र भारतीय सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।





  • प्रकाशित मिति : साउन २१, २०७९ शनिबार १८:३१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया