प्रिमियर लिगमा चेल्सीको विजयी सुरुवात

चेल्सीले इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा घरेलु टोली एभर्टनलाई १–० ले हराउँदै उसले विजयी सुरुवात गरेको हो ।

गुडिसन पार्कमा पहिलो हाफको थप गरिएको समयमा जर्जिन्हो पेनाल्टीमार्फत गरेको एक मात्र गोल चेल्सीलाई जित दिलाउन पर्याप्त बन्यो । बेन चिलवेललाई एभर्टनका डुकुरेले पेनाल्टी क्षेत्रमा लडाएपछि चेल्सीले पेनाल्टीको अवसर पाएको थियो । त्यसमा जर्जिन्हो चुकेनन् ।


जितसँगै चेल्सीले तीन अंक जोड्दा एभर्टनले हारबाट लिगको सुरुवात गरेको छ । त्यस्तै, टोटेनहम, लिड्स युनाइटेड, बर्नामाउथ र न्युक्यासल युनाइटेडले पनि आ–आफ्नो खेलमा जित हात पार्दै लिगमा सुखद सुरुवात गरेका छन् । 





  • प्रकाशित मिति : साउन २२, २०७९ आइतबार ६:३४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया