यू–१७ टोलीको बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट

यू–१७ राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार यू–१७ को बन्द प्रशिक्षणमा ४५ खेलाडीलाई बोलाएको हो । 

यसअघि एन्फाले पहिलो चरणमा खुला छनोटमार्फत देशभरका ६० खेलाडी छनोट गरेको थियो । टोलीका मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठले ६० खेलाडीबाट बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट गरेका हुन् ।

एन्फाले साफ यू–१७ च्याम्पियनसिप र एएफसी यू–१७ एसियन कप छनोटका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न लागेको हो । ५ सेप्टेम्बरबाट श्रीलंकामा सुरु हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपाल भारत र भुटानसँग‌ समूह ‘बी’ मा परेको छ । समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश छन् । यस्तै, भियतनाममा हुने यू–१७ एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुनेछ । 

बन्द प्रशिक्षणमा परेका ४५ खेलाडी : अभिषेक थोकर, अंकित गुरुङ, असिमजंग कार्की, विक्रम तामाङ,विनोद केसी, धनसिंह विक, धिरक विक, दीपक थापा मगर, दोलक बहादुर थापा मगर, गौरव महर्जन, हरिश भट्ट, जनप्रकाश बम, कृषल मोक्तान, कुशल देउवा, लच्छु थापा, मदन पौडेल, मानव पोखरेल, मार्शल शाही, मिरक लिङ्देन, मुकेश घर्ती, निखिल सुनार, निरञ्जन धामी, निर्देश राई, निरोज कार्की, निशान्त तामाङ, पाल्देन गुरुङ , प्रशान्त लक्सम, प्रिभियस सुनुवार, प्रितम कार्की, राहुल बेलबासे, रितेश थापा मगर, रुबिन बोगटी, समिर चन्द, समिर तामाङ, सरोज दर्लामी, सिजल राई, सिमान्त थापा, सोहन स्याङ्ताङ, सुवास गुरुङ, सुविन खड्का, सुजत डंगोल, सुजत खड्का, सुशील तामाङ , युनिश बुढाथोकी र युनिष मगर । 





  • प्रकाशित मिति : साउन २२, २०७९ आइतबार ७:६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया