प्रतिनिधिसभा बैठक बस्दै, प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने
फाइल तस्बिर

प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार आज ११ बस्न लागेको हो । आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल अघि बढाइने सम्भावित कार्यसूची रहेको छ ।


सम्भावित कार्यसूचीमा ‘०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम प्रस्तुत गर्नुभएको प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने छ’ उल्लेख छ । 

त्यस्तै बैठकमा राष्ट्रपति कार्यालयबाट पास भइ आएका विभिन्न विधेयक प्रमाणीकरणबारे सभामुखले जानकारी गराउने कार्यसूची पनि समावेश छ । ‘प्रधानमन्त्री शेरबहादुर देवाले महालेखा परीक्षकको उनन्साठीऔं वार्षिक प्रतिवेदन, २०७९’ पेस गर्ने लगायत सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ । 





  • प्रकाशित मिति : साउन २२, २०७९ आइतबार ७:१४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया