पश्चिम बंगालका पूर्वगभर्नर जगदीप धनखर भारतको नयाँ उपराष्ट्रपतिमा विजयी भएका छन् । उनी ५२८ मतका साथ उपराष्ट्रपतिमा विजयी भएका हुन् ।
धनखरका प्रतिद्वन्द्वी मार्गरेट अल्भाले १८२ मत मात्र ल्याए । १५ औं उपराष्ट्रपति निर्वाचनका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि योग्य ७८० सांसदमध्ये ७२५ सांसदले मतदान गरेको बताए । जसमा १५ मत रद्द भयो ।
नयाँ उपराष्ट्रपतिको निर्वाचनको मतदान शनिबार बिहान १० बजे सुरु भई ५ बजे समापन भएको थियो । बंगालको पूर्वगभर्नरसमेत बनिसकेका धनखरलाई सत्तारूढ दल भारतीय जनता पार्टीको गठबन्धनले अघि सारेको थियो ।
यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भइसकेकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।