प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजदेखि दल दर्ता गर्न पाइने

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आजदेखि राजनीतिक दल दर्ता गर्न पाइने भएको छ । सरकारले ४ मंसिरमा चुनावको मिति घोषणा गरेपछि निर्वाचन आयोगले निर्वाचन तयारी तथा व्यवस्थापनअन्तर्गत दल दर्ता गर्न भनेको हो । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ३१ साउनसम्म आयोगमा कार्यालय समयमा दल दर्ता गर्न सकिनेछ । दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो चुनाव भएको मिति उल्लेख गर्नुपर्ने आयोगले जनाएको छ ।  

दलले निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सातवटा प्रदेशका लागि छुट्टाछुट्टै निवेदन पेस गर्नुपर्नेछ ।   





  • प्रकाशित मिति : साउन २२, २०७९ आइतबार ७:३८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया