राजनीतिक दललाई आयोगको निर्देशन : केन्द्रीय पदाधिकारी तथा सदस्यको सम्पत्ति विवरण बुझाउनू

निर्वाचन आयोगले १५ दिनभित्र केन्द्रीय पदाधिकारी तथा सदस्यको सम्पत्ति विवरण बुझाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । आयोग पदाधिकारीको बैठकले सम्पत्ति विवरण बुझाउन दलहरूलाई यस्तो निर्देशन दिएको हो ।

आयोगमा दर्ता कायम रहेका सबै राजनीतिक दलका केन्द्रीय सदस्य तथा पदाधिकारीको सम्पत्ति विवरण बुझाउन निर्देशन दिइएको आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए । 

आयोगमा अहिले १ सय १६ वटा राजनीतिक दल कायम छन् । उपन्यायाधिवक्ता वाग्लेका अनुसार महाधिवेशन भए/नभएका कुनै पनि दलका पदाधिकारी तथा सदस्यको सम्पत्ति विवरण आयोगमा आएका छैनन् । 

राजनीतिक दलसम्बन्धी ऐन–२०७३ ले केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएको व्यक्तिले निर्वाचित भएको ६० दिनभित्र आफ्नो चल तथा अचल सम्पत्तिको विवरण सिलबन्दी गरी दलको केन्द्रीय कार्यालय समक्ष बुझाउनुपर्ने व्यवस्था गरेको छ ।





  • प्रकाशित मिति : साउन २२, २०७९ आइतबार ७:५०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया