बार्सिलोनाका नयाँ खेलाडी दर्ता गर्न ला लिगाको अस्वीकार

स्पेनिस ला लिगाले बार्सिलोनामा यही सिजन अनुबन्ध भएका नयाँ खेलाडी दर्ता गर्न अस्वीकार गरेको छ । ला लिगाले बार्सिलोनामा आबद्ध पाँच नयाँ खेलाडी दर्ता गर्न अस्वीकार गरेको हो ।

फाइनान्सियल फेयर प्लेको कडाईको कारण बार्सिलोनाले पाँच खेलाडी दर्ता गर्न असफल भएको हो । गम्भीर आर्थिक समस्याका बाबजुत बार्सिलोनाले रोबर्ट लेवान्डोस्की, राफिन्हा, जुल्स कुन्डे, फ्रान्क केस्सी र एन्ड्रियस क्रिस्टेनसेन अनुबन्ध गरेको थियो ।

आर्थिक समस्या हुँदासमेत खेलाडी अनुबन्धमा आक्रामक देखिएपछि ला लिगाले बार्सिलोनामाथि अनुसन्धान गर्ने भएको छ । 





  • प्रकाशित मिति : साउन २२, २०७९ आइतबार १०:३८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया