प्रिमियर लिगमा आज तीन खेल हुँदै

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदैछन् । आज साविक विजेता म्यानचेस्टर सिटी,म्यानचेस्टर युनाइटेड र लेस्टर सिटी आ–आफ्नो खेलका लागि मैदान उत्रिने छन्। 

आजको खेलमा म्याचेस्टर युनाइटेडमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो हुने सम्भावना भने निकै कम छ । नेपाली समयअनुसार साँझ पौने सातमा दुई खेल हुँदैछन् ।

जसमा म्याचेस्टर युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा ब्राइटनको सामान गर्दा लेस्टर सिटीले पनि घरेलु मैदान किंग्स पावर स्टेडियममा ब्रेन्टफोर्डसँग खेल्नेछ । 

उपाधि रक्षा अभियानमा रहेको सिटीले घरेलु टोली वेस्ट ह्याम युनाइटेडसँगको खेलबाट सिजनको सुरुवात गर्नेछ । यो खेल लण्डन स्टेडियममा राति सवा १० बजेबाट सुरु हुनेछ ।





  • प्रकाशित मिति : साउन २२, २०७९ आइतबार १०:५९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया