स्वास्थ्य बीमा कार्यक्रम : १ लाखबाट बढाएर १० लाख पुर्‍याउन एमालेको माग

प्रमुख प्रतिपक्षी दल स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई दिने सरकारको तयारी भइरहेको भन्दै आपत्ति जनाएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद योगेश भट्टराईले स्वास्थ्य बीमा कार्यक्रम व्यावसायिक बिमा नभएर सामाजिक सेवा कार्यक्रम रहेको भन्दै निजी क्षेत्रलाई जिम्मा दिने सरकारको तयारीप्रति आपत्ति जनाएका हुन् । 

पछिल्लो समय बीमावापतको रकम भुक्तानी नभएको बहानामा अस्पतालहरूले कार्यक्रम नै बन्द गरेका भन्दै उनले यसप्रति सरकारको ध्यानाकर्षण गराए । एक लाख रुपैयाँले उपचार सम्भव नरहेको भन्दै उनले स्वास्थ्य बिमा कार्यक्रममा अब १० लाख रुपैयाँको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । 

बीमा कार्यक्रममा १७ लाख परिवार आबद्ध र ५६ लाख ५० हजार मानिस प्रत्यक्ष संलग्न रहेका भन्दै उनले बीमा कार्यक्रममा २० अर्बभन्दा बढी रकम भुक्तानी भइसकेको जानकारी दिए ।

४०० सरकारी अस्पताल र ५० निजी अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रमअनुसार स्वास्थ्य सेवा प्रदान गरिएको भन्दै सांसद भट्टराईले तर, अहिले सरकारले निजी क्षेत्रलाई बीमा कार्यक्रमको जिम्मा दिने गरी बजेट ल्याएको दोहोर्‍याए ।  





  • प्रकाशित मिति : साउन २२, २०७९ आइतबार १२:३५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया