सांसद विमला विश्वकर्माले गठबन्धनको सरकारले रेल मार्ग निर्माणको कार्य अगाडि कहिले बढाउँछ भन्दै प्रश्न गरेकी छन् । आइतबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद विश्वकर्माले यस्तो बताएकी हुन् ।
उनले समृद्ध नेपाल सुखी नेपालको आकांक्षा बोकेर विकासका धेरै योजना तीव्रताका साथ अगाडि बढाएको अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्वपश्चिम रेल मार्गको काम अगाडि बढाएको तर वर्तमान सरकार मौन बसेको बताइन् । उनले रेल मार्ग निर्माणको लागि रोक्का गरेको किसानको जग्गाको मुआब्जासमेत नपाउँदा किसान मारमा परेको बताइन् ।
उनले भनिन् ‘समृद्ध नेपाल सुखी नेपालको आकांक्षा बोकेर विकासका धेरै योजनाहरु तीव्र गतिमा अगाडि बढाएको अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्वपश्चिम रेल मार्गको काम अगाडि बढाएको थियो । वर्तमान सरकारले रेलमार्गको कामलाई निरन्तरता दिनुपर्छ । रेलमार्ग निर्माण गर्दा कयौं किसानको जमिन पर्छन् । ती जमिन रोक्का गर्दा किसानले भोक चलन गर्न पाएका छैनन् भने सरकारले मुआब्जा वितरणसमेत गरेको छैन । जसका कारण किसान ठूलो मारमा परेका छन् । गठबन्धनको सरकारले रेल मार्ग निर्माणको कार्य अगाडि बढाउँछ कि बढाउँदैन ?’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।