नेपालमा छायांकन गरिएको ‘उचाइ’को फर्स्ट लुक सार्वजनिक

नेपालमा छायांकन भएको बलिउड चलचित्र ‘उचाइ’ को फर्स्ट लुक सार्वजनिक भएको छ । राजश्री फिल्मको ब्यानरमा निर्माण गरिएको फिल्म मित्रता दिवसका दिन आइतबार सार्वजनिक गरिएको छ ।

पोस्टरमा हिमाल चढ्दै गरेका तीन कलाकारको तस्बिर समेटिएको छ । सिनेमामा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानीलगायतका कलाकारको अभिनय छ । पोस्टरमा पनि तिनै तीनजना साथीलाई देखाइएको छ ।

मित्रताको कथावस्तुमा आधारित फिल्मको सुरज बड्जात्याले निर्देशन गरेका हुन् । यो फिल्म आगामी ११ नोभेम्बरका दिन रिलिज हुँदैछ । फिल्ममा डेनी डेनजोङ्पाको पनि विशेष भूमिका रहेको छ । याे  सिनेमा नेपालका विभिन्न हिमाली भेगमा सुटिङ गरिएकाे थियाे ।





  • प्रकाशित मिति : साउन २२, २०७९ आइतबार १४:११:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया