बुदबुदीमा ट्रान्सफर्मर जोडियो, सुर्खेतमा न्यून भोल्टेजको समस्या हट्ने

नेपाल विद्युत् प्राधिकरणको वीरेन्द्रनगर स्थित बुदबुदी सवस्टेसनमा ६.८ एमभिए (मेघा भोल्ट) को ट्रान्सफर्मर जडान गरिएको छ । यसअघि सो सवस्टेसनमा ३ एमभिएको ट्रान्सफर्मर जडान भएको थियो ।

विद्युत् प्रयोगकर्ताको संख्या बढ्दै गएपछि सुर्खेतमा विद्युत्को न्यून भोल्टेजका कारण प्रयोगकर्ताहरू समस्या झेल्न बाध्य थिए । सुर्खेतमा विस्तार भएको विद्युत् लाइनको पुरानो संरचना तथा कम क्षमताको ट्रान्सफर्मरका कारण खास गरी वीरेन्द्रनगरका सबै क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या उत्पन्न भई रहन्थ्यो ।

प्राधिकरणको सुर्खेत वितरण केन्द्रले हाल जडान गरेको ट्रान्सफर्मर सुदूरपश्चिम प्रदेशबाट झिकाएको प्राधिकरणको सुर्खेत वितरण शाखाका प्रमुख युवराज रावतले जानकारी दिए । कर्णालीमा हाल ३३ केभिए प्रसारण लाइन जडान छ भने कोहपुर–सुर्खेत १३२ केभिए प्रसारण लाइन निर्माण चरणमा छ । 





  • प्रकाशित मिति : साउन २२, २०७९ आइतबार १४:१४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया