ताइवानलाई लिएर अमेरिका र चीनबीच जारी तनावका बीच इरानले चीनको ‘एक चीन’ नीतिलाई खुलेर समर्थन गरेको छ ।
इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुलहायनले पूर्वी एसियामा भइरहेको गतिविधिको सन्दर्भमा चीनसँग अमेरिकाले गरेको व्यवहारको निन्दा गरेका छन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीसँग टेलिफोन वार्ताका क्रममा उनले इरानले चीनको ‘एक चीन’ नीतिलाई कानुनी दायित्वका रूपमा पालना गरेकोमा जोड दिए ।
साथै, चीनले देशको भौगोलिक अखण्डताका सम्बन्धमा इरानको अडानको प्रशंसा गर्दै विश्व समुदायको ठूलो हिस्साले चीनको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेपको विरोध गर्नुपर्नेमा जोड दिएको छ ।
चिनियाँ विदेशमन्त्रीले दुई देशको हितअनुसार द्विपक्षीय सम्बन्ध विकास गर्ने कुरामा जोड दिए । साथै, यसले अन्तर्राष्ट्रिय क्षेत्रमा एक पक्षीयतालाई अस्वीकार गर्दै विकासशील देशहरूको हितलाई समर्थन गर्ने कुरामा जोड दिएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।