आँचल-केकी अभिनित ‘झिँगेदाउ’को ट्रेलर सार्वजनिक

ज्ञानेन्द्र देउजाद्वारा निर्देशित फिल्म ‘झिँगेदाउ’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा विवाहपछि परिवारमा हुने झगडालाई प्रस्तुत गरिएको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक देउजाले दर्शकलाई चलचित्रभित्र के छ भन्ने देखाउनका लागि ट्रेलर सार्वजनिक भएको बताएका छन् । निर्देशक ज्ञानेन्द्र देउजाले यो फिल्मले कलाकारहरुको इमेजलाई अझमाथि उठाउने बताए ।

‘ट्रेलर सार्वजनिक गदैगर्दा चलचित्रभित्र के छ भन्ने देखाएको हो, अरुले विषयवस्तु भन्दा बहिरको बनाउछन्’ उनले भने ।

अभिनेत्री केकी अधिकारीले फिल्मलाई कृतिमा जस्तै माया इर्श्या र लोभले जकडिएको व्यक्ति पछि गएर सन्देशसहित पार्दामा देखिने बताएकी छन् ।

‘ट्रेलर सार्वजनिक भएसँगै यो फिल्लमा जेठानीको रुपमा देख्न सक्नुहुन्छ । एउटा माया इर्श्या जो हरेक व्यक्तिमा हुन्छ । लोभले जगडेको व्यक्ति जो पछि गएर बलियो सन्देश लिएर पार्दामा आउछ’ उनले भनिन् ।

यस्तै, अभिनेत्री आँचल शर्माले आफ्नो अभिनयभन्दा फिल्मको ट्रेलर राम्रो लागेको बताइन् । ‘कामभन्दा ट्रेलर राम्रो लाग्यो । ट्रेलर नआएसम्म हाम्रो थियो अब यो दर्शकको हो । यो कृतिमा काम गर्दा भेषभुषालाई दर्शकलाई मन पाराउनु हुन्छ कि हुन्न भन्ने थियो’ उनले भनिन् ।



आगामी भदौ १७ गतेबाट नेपालभरका सिनेमा हलमा रिलिज हुने फिल्मको ट्रेलर आज सार्वजनिक गरिएको हो ।

असार १५ गते सार्वजनिक ३० सेकेन्डको टिजर सार्वजनिक गरिएको थियो । फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टको अभिनय रहेका छ भने फिल्म कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको हो ।



कवि तथा लेखन भीमनिधि तिवारीद्वारा लिखित चर्चित कथा ‘झिँगेदाउ’मा आधारित भएर बनेको फिल्ममा प्रदीप भारद्वाजको पटकथा/संवाद, अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन र मित्र डि गुरुङको सम्पादन रहेको छ ।

भिडियो

  • प्रकाशित मिति : साउन २२, २०७९ आइतबार १८:४१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया