मह जोडीको फिल्म ‘महापुरुष’को प्रदर्शन मिति घोषणा

हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’को प्रदर्शन मिति घोषणा भएको छ । 

दुई औपचारिक पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी षट्कोण आर्ट्सले कात्तिक ११ गतेलाई रिलिज डेट तय गरेको छ । फिल्म भाइटीकाको भोलिपल्ट प्रदर्शन हुने भएको छ ।

एक पोस्टरमा हरिवंश र गौरी मल्ल बेहुला-बेहुली लुक्समा देखिएका छन् । अर्कोमा हरिवंशले पिँजडाबाहिरको सुगालाई हेरेर मुस्कुराइरहेको देख्न सकिन्छ । 

फिल्ममा मह जोडीसहित गौरी मल्ल, रविन्द्रसिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री र अञ्जना बराइली समेत कलाकारको रुपमा छन् ।

प्रदीप भट्टराईद्वारा लिखित एवं निर्देशित फिल्मलाई दिपेश खत्रीले निर्माण गरेका हुन् । 





  • प्रकाशित मिति : साउन २२, २०७९ आइतबार २०:२२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया