ताइवान चिनियाँ भूमि हो : विदेशमन्त्री वाङ

चिनियाँ विदेशमन्त्री वाङ यीले ताइवान संयुक्त राज्य अमेरिकाको हिस्सा नभएर चिनियाँ भूमि भएको बताएका छन् ।

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि अमेरिकी नीतिविरुद्धको पछिल्लो कूटनीतिक आलोचनामा आह्वानमा विदेशमन्त्री वाङ यीको उक्त भनाइ आएको हो । 

बंगलादेश भ्रमणमा रहेका विदेशमन्त्री यीले अमेरिका ताइवान मामिलामा संलग्न भएको आरोप लगाए । ताइवानमा चीनको कार्यहरू न्यायसंगत, उपयुक्त र कानुनी हुनुका साथै देशको पवित्र सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने उद्देश्य रहेको उनले दाबी गरे । 

पेलोसीको ताइवान भ्रमणपछि अमेरिका र चीनबीचको तनाव चर्किएको छ । एसिया भ्रमणका क्रममा सभामुख पेलोसी यसै साता ताइवानको भ्रमण गरेकी थिइन् । 

अमेरिकाले आगोसँग खेलेको चीनले टिप्पणी गरेको थियो । उनको भ्रमण लगत्तै चिनियाँ जनसेनाले ताइवानको सुरक्षा क्षेत्रमा सैन्य अभ्यास गरेको थियो ।   





  • प्रकाशित मिति : साउन २३, २०७९ साेमबार ७:४६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया