सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन् ।
आज बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गर्ने सत्ता गठबन्धनमा सहमति भएर सिट बाँडफाँटका लागि कार्यदल गठन भइसकेको अवस्थामा देउवाले पार्टीमा छलफल गर्न लागेका हुन् ।
सिट बाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलको बैठक पनि आज दिउँसो बस्दैछ । सिट बाँडफाँटमा पार्टीको अवस्था कस्तो हुने, कुन आधारमा कति सिट लिने, अरुलाई कति दिने लगायतका विषयमा छलफल गर्न देउवाले बैठक राखेको स्रोतको भनाइ छ ।
बैठकमा पार्टीका तर्फबाट कार्यदलमा रहेका नेताहरूसमेत सहभागी हुनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।