धनुषामा भएको यात्रुवाहक बस दुर्घटनामा घाइते २० मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा १५ जना भने सामान्य घाइते भएका छन् ।
पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ विरेन्द्रबजारको गोलघर नजिक काठमाडौंबाट काकड्भिटाका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९७१९ नम्बरको रात्रि बस सोमबार बिहान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय भरतपुर धनुषाका प्रहरी नायव निरीक्षक मनोज कर्णले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका पाँचै जनालाई प्रादेशिक अस्पतालमा जनकपुरमा उपचार भइरहेको उनले बताए । सामान्य घाइतेको वीरेन्द्रबजारको क्लिनिकमा उपचार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।