सशस्त्र प्रहरी जवान डेढ केजी चरेससहित पक्राउ

कैलालीमा सशस्त्र प्रहरी जवान लागुऔषध चरेससहित पक्राउ परेका छन् ।

सुदूरपश्चिम प्रहरी अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले सशस्त्र प्रहरी गण वनबेहडा कैलालीमा कार्यरत दुर्गाथली गाउँपालिका ४ बझाङ घर भएका गणेशप्रसाद जोशीलाई लागुऔषध चरेससहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीका अनुसार विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी जवान जोशीलाई धनगढी उपमहानगरपालिका ३ मा रहेको एक  होटेलबाट डेढ केजी लागुऔषध चरेससहित पक्राउ गरिएको बताए । 

पक्राउ परेका जोशीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी जोशीले बताए ।
 





  • प्रकाशित मिति : साउन २३, २०७९ साेमबार १७:२९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया