नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । मंगलबार एकै दिन १ हजार बढीमा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा देशभर १ हजार ९० जना संक्रमण पुष्टि भएको छ । यो अवधिमा ६ हजार ३०० नमुनाको परीक्षण गरिएको छ । २ हजार ९५८ नमुनाको पिसिआर गर्दा ५६० जनामा र ३ हजार ३४२ नमुनाको एन्टिजेन गर्दा ५३० जनामा कोरोना देखिएको हो ।
त्यस्तै सो अवधिमा २ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९७४ पुगेको छ । मृत्युदर १.२ प्रतिशत रहेको छ ।
त्यस्तै आज ४३८ जना निको भएका छन् । अहिलेसम्म ९ लाख ७३ हजार ४०५ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।
देशभर ५ हजार ८०६ सक्रिय संक्रमित रहेका छन् । उनीहरूको आइसियू, होम तथा संस्थागत आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयको भनाइ छ । हजार १ लाख ७१ हजार ८३७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।