‘सदनले एम अधिकारीको पहिचान किन गर्न सकेन ?

सत्तारुढ नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले एम अधिकारीको पहिचान सदनले अझै गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् । 

सांसद मुसलमानले सदनमा पटकपटक उठेको एम अधिकारी को हुन् ? भन्ने विषय आमजनताको पनि सरोकारको विषयमा भएकाले त्यसको तत्काल पहिचान गर्न जरुरी रहेको बताए । 

मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर हुन वा होइनन् ? भन्ने कुरा आमजनताको पनि सरोकारको विषय भएकाले त्यसको पहिचान गर्न संसदले ढिलाइ गर्न नहुने बताए । 

सांसद मुसलमानले भने, ‘यो सदनभित्र पटक–पटक उठेको एम अधिकारीलाई हामीले पहिचान गर्न सकेनौं । के हामी घर जाँदा–जाँदा एम अधिकारीको पहिचान गर्न सक्छौं ?’ 

सदनमा पटक–पटक उठेको विषयमा जनताको बीचमा गएर जवाफ दिन समस्या भएको उल्लेख गर्दै उनले भने, ‘एम अधिकारी को हुन ? महाप्रसाद अधिकारी हुन कि, माधव अधिकारी हुन् ? कहाँका बासिन्दा हुन ? राष्ट्र बैंकका गभर्नर हुन वा कुनै कृषक हुन् ?’ 

यसको जानकारी प्राप्त भयो भने जनताको माझमा जाँदाखेरि सदनमा हामीले एउटा व्यक्तिको पहिचान गर्न सक्यौँ भनेर भन्न सकिने उनको भनाइ छ । 
 





  • प्रकाशित मिति : साउन २४, २०७९ मंगलबार १८:२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया