हरवाचरवा र कमलरीको समस्या तत्काल समाधान गर्न सरकारसँग माग

नेकपा (माओवादी केन्द्र)की सांसद अन्जना विशंखेले हरवाचरवा र कमलरीको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेकी छिन् । संसदको शून्य समयमा बोल्दै उनले संविधानले उनीहरुको जमिनको सुनिश्चितता गरे पनि त्यसअनुसारको व्यवस्था सरकारले अझै नगरेकोमा आक्रोश व्यक्त गरिन् । 

उनीहरुको पुनस्र्थापनाको व्यवस्था गर्न ढिलाइ नगर्न समेत सरकारलाई सचेत गराइन् । नेपालमा हरवा, चरवा, हलिया, बधुवा श्रमको रुपमा कमलरी, हलिया, हरवाचरवाको सन्दर्भमा विघटित अध्ययन समिति पनि विघटित भइसके पनि अझै समाधान नभएको भन्दै उनले आक्रोश व्यक्त गरिन् । 

उनले भनिन्, ‘त्यो समस्या समाधान गर्न भनेर लामो समयसम्म गठन भएको समितिहरुले पनि अझै पनि २÷३ हजार हरवाचरवाहरुले र कमलरीहरुको समस्या समाधान भएको छैन । यसका निमित्त उनीहरुको समस्या छिट्टै समाधान होस् । 

उनीहरुको पुनर्वासको पनि व्यवस्था होस् भन्दै उनले सभामुखमार्फत सरकारसँग माग गरिन् ।  छ । नेपालको संविधानको धारा ४० अन्तरगत भूमि र जमिनको व्यवस्था सुनिश्चित गर्ने भन्दाभन्दै पनि तराईमा हरवाचरवा र मधेशमा हलियाको समस्या समाधान नभएको उनको गुनासो थियो । 





  • प्रकाशित मिति : साउन २४, २०७९ मंगलबार १८:१०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया