नेपालले केन्यासँग खेल्ने सिरिजको खेल तालिका सार्वजनिक

नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग खेल्ने टी–२० अन्तर्राष्ट्रिय तथा एकदविसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।  नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सिरिजको तालिका सार्वजनिक गरेको हो । 

सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय तथा तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । टी–२० अन्तर्राष्ट्रिय सिरिज अगस्ट २५ देखि ३० सम्म हुनेछ । 

नेपाललले केन्यासँग २५, २६, २८, २९ र ३० अगस्टमा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ । त्यस्तै, एकदिवसीय सिरिज सेप्टेम्बर २ देखि ५ सम्म हुनेछ । नेपालले २, ३ र ५ सेप्टेम्बरमा एकदिवसीय खेल खेल्नेछ ।

 





  • प्रकाशित मिति : साउन २४, २०७९ मंगलबार १८:१४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया