सेती प्रादेशिक अस्पताललाई २ सय शय्यामा स्तरोन्नति गर्ने निर्णय

धनगढीमा रहेको सेती प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय भएको छ । मंगलबार बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

२ सय शय्यासम्म स्तरोन्नति गर्ने अधिकार प्रदेश सरकारसँग छ । सामाजिक विकासमन्त्रीका स्वकीय सचिव टेकराज पाण्डेयका अनुसार ३ सय शय्यामा स्तरोन्नतिका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लेखी पठाउने पनि निर्णय भएको छ । 

प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि सामाजिक विकासमन्त्रीमा नियुक्त भएसँगै बोहराले स्तरोन्नतिको प्रक्रिया अगाडि बढाएका थिए ।

कैलालीका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न १९९७ सालमा धनगढीमा जिल्ला अस्पतालका रुपमा अस्पताल सञ्चालन गरिएको थियो। कैलाली जिल्ला अस्पताललाई २०४० सालमा सेती अञ्चल अस्पतालमा स्तरोन्नति गरिएको थियो ।

सो समयमा अस्पताललाई ५० शय्याको स्वीकृति दिइएको थियो । अस्पताल व्यवस्थापन समितिले ७५ शय्या थप गर्दै अस्पताललाई एक सय २५ शय्यामा सञ्चालन गरिएको थियो । 

प्रदेश सरकार गठन भएसँगै सेतीलाई प्रादेशिक अस्पताल नामकरण गरिएको थियो, तर सरकारी स्वीकृति भने ५० शय्याको मात्रै थियो भने थप ७५ शय्या आन्तरिक स्रोतबाट सञ्चालन हुँदै आएको थियो । सामाजिक विकासमन्त्री बोहराको पहलमा ३९ वर्षपछि अस्पतालको स्तरोन्नति भएको हो ।





  • प्रकाशित मिति : साउन २४, २०७९ मंगलबार १८:२१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया