न्यायाधीशको नियुक्तिमा समानुपातिक, समावेशी सहभागिता सुनिश्चित गर्न माग

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद उमाशंकर अरगरियाले समानुपातिक, समावेशी सहभागिता सुनिश्चित हुने गरी न्यायाधीशको नियुक्त गर्न सरकारसँग जोडदार माग गरेका छन् । 

मंगलबार संसदको शून्य समयमा बोल्दै उनले न्यायाधीशहरुको नियुक्ति संविधानले व्यवस्था गरेअनुसार समानुपातिक ढंगले हुने नगरेको भन्दै असन्तुष्टि जनाए । 

सांसद अरगरियाले भने, ‘नेपालको न्यायपालिकाको क्षेत्रमा न्यायाधीशको नियुक्ति समानुपातिक प्रतिनिधित्वको आधारमा संविधानअनुसार भएको देखिँदैन । त्यसैले मधेसी, आदिवासी, जनजाति, थारु, मुस्लिम र पिछडिएको समूदायलाई समानुपातिक, समावेशी सहभागिता सुनिश्चित गर्नका लागि सभामुख महोदयमार्फत सरकारसँग जोडदार माग गर्दछु ।’

सांसद अरगरियाले समानुपातिक प्रतिनिधित्व हुने गरी मधेसी, आदिवासी, जनजाति, थारू, मुस्लिम र पिछडिएका समुदायलाई न्यायाधीश बनाउने काम हुन नसकेको गुनासो समेत गरे । 





  • प्रकाशित मिति : साउन २४, २०७९ मंगलबार १८:३३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया