जनकपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ

धनुषा प्रहरीले जनकपुरधामबाट प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
 
पक्राउ पर्नेमा जनकपुरधाम–१ बस्ने २४ वर्षीय प्रकाश साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ स्थित रघुपति पार्टी प्यालेसको निर्माणाधिन अवस्थामा रहेको भान्सा कोठानजिकै लागुऔषध खरिद बिक्री भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको विशेष अनुसन्धान टोलीले उनलाई पक्राउ गरेको हो ।
 
साहको जिन्स पाइन्टको बायाँ साइडको अगाडिको खल्तीबाट कालो प्लास्टिकको झोलामा बेरेर लुकाई–छिपाई राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध नाइट्रोभेट ३०० ट्याब्लेट र २ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।
 
सामानसहित साहलाई नियन्त्रणमा लिई लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।





  • प्रकाशित मिति : साउन २४, २०७९ मंगलबार १८:३७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया