राष्ट्रिय टोलीमा ज्ञानेन्द्रको पुनरागमन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले टोलीमा पुनरागमन गरेका छन् । नेपाल क्रिकेट संघले मंगलबार केन्याससँग खेल्ने टी–२० र अन्तर्राष्ट्रिय र एकदिवसीय सिरिजका लागि घोषणा गरेको टोलीमा ज्ञानेन्द्र अटाएका छन् । 

ज्ञानेन्द्रले नेपालका लागि पछिल्लोपटक यही वर्षको २१ मार्चमा युएईविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए । त्यसयता पूर्व प्रशिक्षक पुबुदु दाशानायकेले उनलाई राष्ट्रिय टोलबाट बाहिर राख्दै आएका थिए ।

नयाँ प्रशिक्षकको आगमनसँगै ज्ञानेन्द्रले पनि टोलीमा पुनरागमन गरेका हुन् । क्यानले सोमाबार मात्रै भारतीय पूर्व अलराउन्डर मनोज प्रभाकरलाई मुख्य प्रशिक्षममा नियुक्त गरेको थियो । त्यस्तै विकेटकिपर अर्जुन साउदले पहिलोपटक सिनियर टोलीमा स्थान बनाउँदा विनोद भण्डारी, कुशल भुर्तेल लगातयका खेलाडी भने बाहिरिएका छन् ।  

नेपालले केन्यासँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय र तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । 

नेपालको टोली:

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, करण केसी, रोहितकुमार पौडेल (उपकप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), देव खनाल, आदिल अन्सारी, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेटकिपर), पवन सर्राफ साहब आलम, किशोर महतो, विवेक यादव ।



वैकल्पिक खेलाडीः जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जि.सी. हरि शंकर शाह ।



  • प्रकाशित मिति : साउन २४, २०७९ मंगलबार १८:५४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया