चीन–अमेरिका व्यापारयुद्ध, फाइदा भारतलाई

एजेन्सी– भारतले अमेरिका र चीनबीचको व्यापारयुद्धका कारण आफूलाई फाइदा पुगेको बताएको छ । २०१८ को जुनदेखि नोभेम्बरसम्ममा भारतको चीनमा ३२ प्रतिशतले निर्यात बढेर ८.४६ अरब डलर पुगेको छ । 

फेडेरेसन अफ इन्डियन एक्सपर्ट अर्गनाइजेशनका अध्यक्ष गणेशकुमार गुप्ताले एक बयानमा अमेरिका–चीनबीचको व्यापारयुद्धबाट भारतलाई फाइदा भएको बताएका छन् । भारतबाट चिनिया बजारमा हुने निर्यातको प्रतिशत २०१७ मा भन्दा २०१८ मा वृद्धि भएको छ ।

२०१७ मा ६.३७ प्रतिशत अरब डलर निर्यात भएकोमा २०१८ मा ८.४६ अरब डलर पुगेको छ । निर्यात भएका वस्तुमा पेट्रोलियम पदार्थ, रसायनिक पदार्थ, धागो, प्लास्टिकका कच्चा पदार्थ र समुद्री उत्पादन रहेका छन् । 

फियो प्रमुख गुप्ता भन्छन् ‘विश्व व्यापारका लागि बजारको अवस्था राम्रो छैन्, तर भारतलगायत अन्य देशका लागि यो अवसर हो । चीनमा निर्यात बढ्नु हाम्रा लागि फाइदाजनक छ, किनकी हाम्रो चीनसँगको व्यापार घाटा निकै रहेको छ । 

२०१८ मा अमेरिकाले चीनका धेरै उत्पादनमा उच्च आयात शुल्क लगायो । यसपछि चीनले पनि जवाफी कारबाही गर्दै अमेरिकी उत्पादनमा कर लगायो । यी दुई देशबीच बढेको व्यापारयुद्धको अन्त्य गर्न विभिन्न प्रयासहरु भइरहेका छन् । 
 





  • प्रकाशित मिति : माघ ११, २०७५ शुक्रबार १०:२६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया