सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन केवल दलका नेतालाई निर्वाचन जिताउन मात्र नभएको बताएका छन् ।
उनले नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक जिल्ला शाखाद्वारा आज बनेपामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गठबन्धन नेतालाई निर्वाचनमा जिताउन मात्रै नभई मुलुकलाई स्थिरता तथा दिगो आर्थिक विकासतर्फ उन्मुख गर्न आवश्यक रहेको बताएका हुन् ।
'गठबन्धन मुलुकको आवश्यकता हो, गठबन्धनको निर्माणपछि संविधान र लोकतन्त्रको रक्षा भई देश विकास र समृद्धिको बाटोमा अग्रसर भएको छ', सरकारका प्रवक्तासमेत रहेका कार्कीले भने ।
उनले आगामी दिनमा गठबन्धन कायम राख्दै आउँदो निर्वाचन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा अगाडि बढिरहेको बताए ।
मन्त्री कार्कीले मुलुक स्थानीय निर्वाचन सम्पन्न गरी प्रदेश र प्रतिनिभिसभाको निर्वाचन उन्मुख भएको उल्लेख गर्दै त्यस निर्वाचनले लोकतन्त्रको जगलाई अझ मजबुत बनाएको दाबी गरे ।
उनले स्थानीय निर्वाचनमा झैँ शान्तिपूर्ण, निष्पक्ष र निर्भय ढङ्गले आगामी ४ मङ्सिरमा सम्पूर्ण नागरिकले स्वतन्त्र, निष्पक्ष र निर्भयताका साथ मतदानमा भाग लिनु हुने विश्वास व्यक्त गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।