जापानबाट प्रचण्डको घोषणा : चितवन क्षेत्र नं. ३ बाटै चुनाव लड्छु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा आफूले चितवनबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । जापान भ्रमणका क्रममा प्रचण्डले पत्रकारहरूसँगको कुराकानीमा आफू चिनवनबाटै चुनाव लड्न घोषणा गरेका हुन् । उनले चितवन- ३ बाटै चुनाव लड्ने बताएका हुन्

'म चितवनबाटै चुनाव लड्छु । मैले प्रस्ट सँग चार पाँच महिनादेखि नै भनेको छु । अन्तबाट होइन चितवनबाट नै चुनाव लड्छु । चितवनको पनि क्षेत्र नम्बर ३ बाट नै चुनाव लड्छु' उनले भने ।

उनले जापानमा रहेका नेपालीलाई सहयोग गर्न पनि आग्रह गरे । उनले देशको केन्द्र विन्दुमा भएको र विकास तीव्र गतिमा अगाडि जाने सम्भावना भएकाले देशैभरलाई सन्देश जाओस् भनेर चितवनलाई महत्त्व दिएको बताए । उनले आफूलाई चुनाव लड्नका लागि गोरखा, रूकुम, कालीकोटलगायतबाट प्रस्ताव आएको पनि सुनाए ।





  • प्रकाशित मिति : साउन २४, २०७९ मंगलबार २०:२६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया