जापान भ्रमण रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् ।
उनले विगतमा आफूलाई धेरै पटक प्रधानमन्त्री बन्ने अफर आएको स्मरण गर्दै आफू प्रधानमन्त्री बन्ने दौडमा रहेको बताएका हुन् ।
जापानमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले यस्तो बताए तापनि केही समय नेपालमा आयोजित एक कार्यक्रममा उनले आफूले प्रधानमन्त्री बन्ने चाहेको बताएका थिए । उनले ०७४ सालको निर्वाचनपछि आएको प्रधानमन्त्री बन्न आएको अफर अस्वीकार गरेको पनि उनले बताए ।
'देशमा राजनीतिक स्थायित्व र विकासको वातावरण बनाउने कुरामा मेरो भूमिका भयो भने मलाई पुग्छ भनेको हो । अहिले पनि छ । तर, म प्रधानमन्त्री बन्ने रेसमा छैन' उनले भने । उनले आफ्नो चाहना सुशासन र विकासको वातावरण बनोस् भन्ने रहेको बताए । उनले चितवन क्षेत्र ३ बाट आगामी निर्वाचनमा उम्मेदवारी दिने घोषणा पनि गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।