बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले केन्द्रीय सदस्यमा राखेकी राधा थापाले आफू जसपामै रहेको बताएकी छिन् । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय सदस्य थापा प्रदेश १ की प्रदेश सभा सदस्यसमेत हुन् ।
नेतृ थापाले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै नेसपाको केन्द्रीय समितिको नामावली सूचीमा आफ्नो नाम समावेश गरिएकोमा आपत्ति जनाउँदै सो पार्टीसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएकी हुन् ।
आफ्नो स्वीकृतिविना षड्यन्त्रपूर्वक ढंगबाट नाम समावेश गरिएको उल्लेख गर्दै उनले भनेकी छिन्, ‘नेसपाले कुन आधारमा मेरो नाम केन्द्रीय सदस्यको रुपमा समावेश गर्यो ताज्जुब लागेको छ, आजका मितिसम्म म जसपामै रहेको आम जनसमुदायलाई जानकारी गराउँछु ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।