सुरुङ हटाउन युक्रेनलाई अमेरिकाले दियो ८९ मिलियन डलर सहयोग

अमेरिकाले युक्रेनलाई रुसी सेनाले राखेको बारुदी सुरुङ हटाउन ८९ मिलियन डलर उपलब्ध गराउने घोषणा गरेको छ । उक्त रकमले १०० वटा बारुदी सुरुङ हटाउने टोलीलाई सहयोग र थप युक्रेनी कर्मचारीहरूलाई तालिम र सुसज्जित गर्नेछ । 

युद्धका क्रममा युक्रेनमा विभिन्न क्षेत्रमा बारुदी सुरुङ बिच्छाइएका अनुमान गरिएका छन् । ‘रुसको  गैर कानुनी र अप्रत्याशित थप आक्रमणले युक्रेनको ठूलो भूभागमा बारुदी सुरुङ, विस्फोट नगरिएका हतियारहरू र इम्प्रोभाइज्ड विस्फोटक उपकरणहरू भरिएको छ’,  अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

‘यी विस्फोटक खतराहरूले उर्वर खेती भूमिमा पहुँच रोक्छ । पुनर्निर्माण प्रयासमा ढिलाइ गर्दछ । विस्थापित समुदायहरूलाई उनीहरूको घर फर्कन बाट रोक्छ र निर्दोष युक्रेनी नागरिकको ज्यान जोखिममा पार्छ, ’ विज्ञप्तिमा भनिएको छ ।

रुसी सेनाले खाद्यान्न सुविधा, कार ट्रक, धुने मेसिन, ढोका, अस्पतालको ओछयान र लडाइँमा मारिएका मानिसहरूका शव लुकाइएका स्थानमा माइन राखेको एक अमेरिकी अधिकारीले बताएका छन् । 





  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार ७:५३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया