इजरायली सेनाको हमलामा दुई प्यालेस्टाइनीको मृत्यु
फरकधार / २५ साउन, २०७९

इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एउटा घरमा छापा मार्ने क्रममा एक वरिष्ठ लडाकु कमाण्डरसहित दुई प्यालेस्टाइनीको मृत्यु भएको छ ।

गाजाको तटीय क्षेत्रमा  इजरायल र इस्लामिक जिहाद लडाकुबीचको घातक लडाइँ युद्धविरामद्वारा रोकिएको दुई दिनपछि पछिल्लो हिंसा भएको हो ।

नाब्लसको पुरानो सहरमा प्यालेस्टिनी र इजरायली सुरक्षा बलबीच गोली हानाहान गरेका छन् । गोली हानाहानमा ४० प्यालेस्टिनी घाइते भएका छन् । तीमध्ये चार जनाको अवस्था गम्भीर छ ।



‘आतंकवादी इब्राहिम अल–नाबुलसी नाब्लससहरमा मारिएको थिए,’ इजरायली सेनाले एक विज्ञप्तिमा भनेको छ ।



  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार १०:३३:४०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया