हङकङबाट बेलायतका लागि उडेका यात्रुको विमानभित्रै मृत्यु
सांकेतिक तस्विर

हङकङबाट बेलायतका लागि उडेको विमानमा एक महिलाको आफ्ना छोराछोरी र श्रीमानका अगाडि नै मृत्यु भएको छ । गो फन्ड मी पृष्ठका अनुसार हेलेन रोड्स १५ वर्षसम्म हङकङमा बसेपछि आफ्नो परिवारसँग ‘नयाँ साहसिक कार्य’ को लागि बेलायत फर्किन पाउँदा उत्साहित थिइन् । 

तर, लामो दूरीको उडानको केही घण्टापछि रोड्स अगस्ट ५ मा संसारबाटै बिदा लिइन् । ‘उडानको बाँकी ८ घण्टा हेलेन चीर निन्द्रामा रहिन । उक्त क्षण परिवारको लागि अत्यन्तै पीडादायी भए पनि तिनीहरू सबैले उनलाई के भन्न आवश्यक छ भन्ने समय पाएका थिए’, गो फन्ड मी पृष्ठमा लेखिएको छ । 

‘यो हानि अकल्पनीय छ । हेलेन एक समर्पित पत्नी र आमा थिइन् । उहाँ आफ्नो परिवारलाई एकसाथ राख्ने व्यक्ति हुनुहुन्थ्यो’ अगाडि भनिएको छ । उनका छोराछोरीहरू विमान अवतरण नहुन्जेल बाँकी समय आफ्नी आमाको छेउमा बसेका थिए, जुन परिवारका लागि निकै पीडादायी क्षण थियो ।





  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार १२:१६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया