धनगढीबाट गोर्खाबहादुरले लिए मलेसिया जान पहिलो श्रम स्वीकृति

काठमाडौं– सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीबाट गोर्खाबहादुर खवासले पहिलो श्रम स्वीकृति पाएका छन् ।

कामदारको रुपमा मलेसिया जान लागेका खवासको न्युनतम पारिश्रमिक १२ सय रिङगेट तोकिएको छ । उनलाई सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले नयाँ श्रम स्वीकृति प्रदान गरिएको पासपोर्ट दिएका थिए । 

रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले शुक्रबारदेखि सुदुरपश्चिम प्रदेशको राजधानी सुर्खेतबाट श्रम स्वीकृति दिन सुरु गरेको थियो ।

मन्त्रालयले यसअघि दुई नम्बर प्रदेशको राजधानी जनकपुर, पाँच नम्बरको बुटबल, गण्डकी प्रदेशको पोखरा र कर्णाली प्रदेशको सुर्खेतबाट पनि श्रम स्वीकृति दिन सुरु गरिसकेको छ । 





  • प्रकाशित मिति : माघ ११, २०७५ शुक्रबार १२:१५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया